बाँदर समाउन भारतबाट आएका शिकारीलाई खाेटाङमा स्वागत

 फागुन ३, २०७५ शुक्रबार २०:३४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – बाँदर समाउनका लागि भारतको उत्तरप्रदेशबाट झिकाइएका पेशेवर शिकारीलाई खोटाङमा स्वागत गरिएको छ । 

अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेको बाँदरलाई समात्नका लागि भारतको खुसीनगरबाट आएका ९ जना पेशेवर शिकारीलाई शुक्रबार दिक्तेलमा स्वागत गरिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । 

किसानको खेतबारीको अन्नबाली सखाप पार्ने बाँदरलाई खोर तथा जालका मदतले समाएर निकुञ्जमा पुर्‍याउनका लागि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा भारतीय शिकारीलाई दिक्तेलमा बोलाइएको हो । 

बाँदर समात्नका लागि गत माघ २१ गते दिक्तेल आइपुगेका दुई जना शिकारीले आफ्नो थप ७ जनाको टोली शुक्रबार ल्याएका हुन् । 

दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिकाभित्रका १५ वडाका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्‍याउनका लागि नगरपालिकाकै १० लाख रुपैयाँको खर्चमा शिकारीलाई जिल्ला भित्र्याइएको अध्यक्ष घिमिरेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया