पशुपति शर्माले युट्यूबबाट किन हटाए ‘लुट्न सके लुट कान्छा’ ?

 फागुन ४, २०७५ शनिबार २१:५८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चर्चित लोकदोहोरी गायक पशुपति शर्माले शुक्रबार युट्यूबमाफर्त सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा..’ युट्यूबबाट हटाएका छन् ।

‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ लगायतका व्यङ्ग्यात्मक शैलीमा नेपालमा बढिरहेको भ्रष्टाचार बेथितिका बारेमा लेखिएको नयाँ गीत उनले युट्यूबबाट हटाएका हुन् । 

आफूले कुनै पनि राजनीतिक दललाई लक्षित गरेर गीत नल्याएको भए पनि कसैलाई अप्ठेरो परेको भए क्षमा माग्ने पनि गायक शर्माले बताएका छन् । 

आफूले नेपालमा बढ्दो विसंगति र विकृतिको उजागर मात्रै गर्न खोजेको बताउँदै शर्माले यही गीतलाई परिमार्जन गरेर छिट्टै बजारमा ल्याउने पनि जानकारी दिएका छन् ।

के भने पशुपतिले ?

आदरणीय श्रोता एवं दर्शकवृन्द, साथै मेरा प्यारा शुभचिन्तकज्यूमा सादर नमस्कार । हिजो रिलिज भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा यहाँहरुले देखाउनु भएको सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

तर त्यही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरुसमक्ष राख्न गैरहेको छु । सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिनँ । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतिलाई व्यङ्ग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि होइन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन ।

तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन–जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गैरहेको छु । केही समय लाग्ला, जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु । सुझाव दिनुहुने राजनैतिक व्यक्तित्वहरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अप्ठेरो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहान्छु ।

मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्यूबमा रहेको गीतलाई परिमार्जनसहित पुनः लिएर आउने वाचा गर्दै अहिले बजिरहेको गीत युट्यूबबाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा, म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु । धन्यवाद ।

पशुपति शर्मा

अन्तिम अपडेट: चैत ५, २०८०

2 Comments

  • Roshan Bhandari

    Feb. 17, 2019, 9 p.m.

    यदि तपाई लाई त्यस्तो लाग्यो भने त्यास्तो नभयको भय कस्ले पत्तयाउथोर? यो सरकार लाई सच्चिने बाटो देखाउनु भको हो।मित्र तपाईं लाई लग्ला यो सरकार को बदनम गर्यो भन्ने लाग्छ भने सोचनुस यसरी अगि गईयो भने फेरि पन्चायत,यमराज को जस्तो शासन आउन सक्छ।है होस गर भनेको हो।मित्र तपाई ले राम्रो बाटो सोच्नु पर्यो।नि सधै नेराम्रो नसोच्नुस यत्रो जनमत पयको सरकर असफलता हुन्छकी ।भन्ने चिन्ताजनक भाब पसुपती दिनु भको छ।उहालाई धन्यवाद दिनु पर्ने मा त उल्टो गलि गरनु हुन्छ।मेरो विनम्र ता पुर्बक अनुरोध छ।उहालाई हमिलाई सच्चिने अबसर दिनु भकोछ।भनेर फुलमाला लगायर स्वगत गर्नु पर्नेमा त प्रतिबन्ध लगाउछ पो हामी सुध्रनु पर्छ।भनेर सन्देश दिन खोजेका थिय वर ती गयाकले किन नराम्रो सस्कारको अन्ते गरौंला भनेर गित निकाले का थिय वर झन् पो जेल को कुरा गर्छन।के उनले हेलिकप्टर चडेर होईन।नागरिक जस्तो भयर हिंड्न सिक्नु पर्छ ।तिमी हरु यस्तै गर्‍यो भने भोलि पनि यहि बेथिती बस्छ।भन्न खोजेका थिय आखिर मा लत्याउ नि लत्याउ होइन?हो भोलि यो सस्कर्को अन्ते गर यस्मै तिमिहरुको भलाई हुनेछ।भन्दा अलि कति पनि सम्जना आयन यी गरिब नेपालीको के तिमिले यसै का निम्ति मदन लाई त्रिसुलि मा फलेको बदला दियौ हैन त हामिलाई भन देश कहिले कङगाल बनयर भिकमग्ने बन्छौ भनेका हुन तिनले त भन्न त भन्थे सतिले सरापेको देश भनेर होकि क्यहो।सचेत हौ है रामसरन ले यो अबस्तमा पुर्यायो।अब कस्लाई पत्याउने होला।

  •  0 Reply
  • dhan limbu

    Feb. 17, 2019, 12:18 a.m.

    ओली राजको तानाशाही । अब पशुपति शर्माले बद्री पंगनीको पथ लिन पर्ने भयो ओली राजमा शायद । पद्री पंघेनीले जस्तै मै पनि एमाले, सही पनि एमाले । हा हा । जब तानाशाहहरु, भ्रष्ट लुटेरा शासकहरु, जनविरोधीहरु जनताबाट भयभित हुन्छन् उनीहरु अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन थाल्छन् । सूचना र सञ्चारबाट कटाउन चहान्छन् । त्यति गरेपछि आफ्नो भ्रष्ट राजको रक्षा भएको र आफ्नो दिग्विजय भएको भ्रम पाल्छन् । एक समय राजा ज्ञानेन्द्रले पनि दल खोल्ने, अभिव्यक्ति र सभा प्रदर्शन गर्ने लोकतान्त्रीक अधिकार मात्र होइन सबै मोबाइल टेलीफोन समेत बन्द गराईदिएका थिए ।

  •  0 Reply

तपाईको प्रतिक्रिया