आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास पाँच हजार धरौटीमा छुटे

 असार ८, २०७५ शुक्रबार १७:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – आफैलाई गोली हान्न लगाउने पण्डित आचार्य श्रीनिवास ५ हजार धरौटीमा छुटेका छन् । 

जिल्ला प्रशासन कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिनभित्रै  उनी छुटेका हुन् । श्रीनिवास जिल्ला प्रशासन कार्यालयको आदेशमा चित नबुझेपछि १७ नम्बर प्रयोग गर्दै जिल्ला अदालत मोरङमा पुनरावेदन गर्न गएका थिए । 

कानुनमा आफूमाथि लागेको आरोपको आदेश चित नबुझे माथिल्लो निकायमा जानसक्ने कानुनी व्यवस्था अनुसार उनी जिल्ला अदालत मोरङमा १७ नम्बर प्रयोग गर्न गएका थिए ।

अदालतले आज दिएको आदेशमा उनी दोषी नदेखिएको हुँदा उनलाई थुनामा राखिरहनु पर्ने कारण नदेखिएकोले ५ हजार धरौटी लिएर छाड्नु भन्ने अदालतको आदेशका आधारमा उनलाई छाडिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । जेठ १६ गते जिल्ला प्रशासनको आदेशमा उनी जेल चलान भएकोमा झुम्का कारागारमा राखिएको थियो ।

श्रीनिवासलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ (क) बमोजिम पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । उनको रिहाई भएसँगै उनलाई लिनका लागि हिन्दुधर्मका अनुयायी तथा उनका समर्थकको जिल्ला प्रशासन कार्यालयमा भिड लागेको थियो ।

बाराको सिमरा ३ घर भै सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने आचार्य विराटनगर–१४, जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए । आचार्यमाथि चैत २५ गते राति १ः ४५ बजे शौचालय जान निस्केको अवस्थामा गोली प्रहार भएको थियो । उनलाई उनकै निर्देशनमा सुरक्षा गार्डले गोली प्रहार गरेका थिए ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया