वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
सल्यान – बिजुलीका पोल गाड्ने क्रममा १० लाख रुपैयाँ अनियमितता गरेको आरोपमा सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझीसहित १८ जनालाई अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
सल्यानको बागचौर नगरपालिका बांगेलाँकुरी बजारमा बिजुलीका पोल गाड्न सांसद विकास कोषबाट १० लाख र साविकको शिवनाग गाविसबाट ५ लाख गरी १५ लाख रकम लिएको तर ५ लाख रुपैयाँको मात्रै पोल गाडेर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
रकम अनियमितताको आरोपमा तत्कालिन स्थानीय अधिकारी खिमबहादुर रायमाझी सहित जशदिश शर्मा, प्रकाशराज केसी, जीवन केसी, उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज केसी र कोषाध्यक्ष त्रिपुरा ओली सहित १८ जनाविरुद्ध ५ लाख रुपैयाँका दरले विगो कायम गरी विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।