'अख्तियारकाे बल्छी, साना माछै मात्रै पर्ने' भन्दै प्रदर्शनमा उत्रिएका विवेकशील साझाका ३० जना पक्राउ

 फागुन ८, २०७५ बुधबार ११:३९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भ्रष्टाचारीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको विवेकशील साझा पार्टीका ३० भन्दा बढी नेता कार्यकर्तालाई काठमाण्डौको नक्सालबाट प्रहरीले पक्राउ गरेको छ । 

‘अख्तियार, साना माछामात्रै होइन ठूलो पनि समाउ’ भन्दै कागजको प्रतिकात्मक माछा बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नक्साल अगाडि प्रदर्शन गर्ने क्रममा  उनीहरु पक्राउ परेका हुन् ।  उनीहरुले 'अख्तियारकाे बल्छी, साना माछै मात्रै पर्ने', 'घुस लिने र दिने दुवै शत्रु हुन्' लगायत भ्रष्टाचारविरुद्धका नारा लेखिएका प्लेकार्ड बाेकेर प्रदर्शन गरेका थिए ।

पक्राउ पर्नेमा विवेकशील साझा पार्टीका प्रदेश तीन संयोजक समीक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाण्डौ जिल्ला संयोजक अनुपा श्रेष्ठसहित ३० जना रहेको पार्टीका संयोजक रवीन्द्र मिश्रले बताउनुभयो । 

 

 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Rup raj Dhami

    Feb. 20, 2019, 9:28 p.m.

    जानेकै यत्ति हो सरकार र अख्तियारले /

  •  0 Reply

तपाईको प्रतिक्रिया