मूल्य बढेपछि कपुरगाउँमा एउटा पनि घर बन्न सकेन

 असार ९, २०७५ शनिबार १५:७:४५ | सिताराम अधिकारी

धादिङ – उत्तरको विकट रुबीभ्याली गाउँपालिकाको कपुर गाउँमा सामानको मूल्य तीन गुणाले बढेपछि एउटा पनि घर निर्माण हुन सकेकाे छैन । 

सडक संजालले नछोएको कपुर गाउँसम्म सामान लान डुण्डुरेबाट प्रतिकेजी चामलऽ चिउरा, नुन, तेल, सिमेन्टको ३५ रुपैयाँ ज्यालामात्र पर्छ ।

डुण्डुरेसम्म लानका लागि ३ टन सामानको एक ट्रकले २२ हजार रुपैयाँभन्दा बढी भाडा लिने गर्छ ।  

बालुवा गाउँ लगिएको एक पाथीको ४५ रुपैयाँ पर्छ । सदरमुकाममा पर्ने मूल्यको तुलनामा कपुरगाउँमा तीन गुणाले बढी पर्ने भएपछि गाउँमा कसैले पनि घर बनाउन नसकेको रामबहादुर तामाङले बताउनुभयो । 

भूकम्पले लडेको घर बनाउन गाउँमा लगिएको छडको मूल्य भने अझै धेरै छ । प्रतिकेजी १ सय रुपैयाँ तिरेर छडक ढुवानी गरेपछि गाउँमा घर बनाउँदा छडको प्रतिकेजी २ सय ५० रुपैयाँ र सिमेन्ट प्रतिबोरा २ हजार ६ सय ५० मूल्य परेको छ । 

सडक अभावमा धादिङको डुन्डुरेदेखि लापा र तिप्लीङ गाउँसम्म पुग्न खच्चडले सामान बोकेर लानुपर्ने र मूल्य बढी पर्ने भएपछि केही व्यक्तिहरुले मात्र सरकारले दिएको अनुदानको घर बनाउन सक्ने अवस्थामा छन् ।

बाँकीले घर बनाउन सकेका छैनन् । मूल्य बढेर केही सामान खरिद गर्न सक्ने अवस्थामा नभएको निरबहादुर तामाङको भनाइ छ । 

वर्षायाम सुरु भयो । गाउँमा सामान नलगी घर बनाउन सकिँदैन । गाडी चल्दैन । खाना खाने वस्तु समेत सदरमुकामबाट ढुवानी गरे लानु पर्छ तर गाउँमा आवश्यक सामान अभावमा गाउँवासीले कष्टकर  जिवन विताइरहेको र मूल्य अत्याधिक भएपछि भूकम्प पीडितलाई सरकारले दिएको अनुदानको घर समेत बनाउन सकेका छैनन् । 


सदरमुकाम धादिङबेसीबाट उत्तरतर्फको डुण्डुरेसम्म गाडीमा ३ टनसम्म सामान लानका लागि गाडी भाडानै २२ हजार रुपैयाँ पर्ने गर्छ ।

सदरमुकाममा ९ सयमा पाइने सिमेन्ट कपुरगाउँपुर्याउँदा २ हजार ६ सय ५० भन्दा बढी पर्छ । ९० रुपैयाँ पर्ने रडक गाउँ पुर्याँदा २ सय ५० पर्ने गर्छ ।

२० रुपैयाँको नुन ६० रुपैयाँ पर्छ । १ हजार ३ सय पर्ने चामल कपुर गाउँ पुग्दा ४ हजार पर्ने गर्छ ।  


 उत्तरी धादिङको लापा र तिप्लीङ गाउँमा सामानको मूल्य आकासिँदा नागरिकहरुले सास्ती व्यहोरिरहेका छन् । घर बनाउनेलाई प्राविधिकले सिमेन्ट प्रयोग गर्न सुझाव दिएकोले गाउँबासीले महंगो मूल्यमा आफ्नो घर बनाउन बाध्य भएका छन् । 

१ सय १५ घर रहेको यो गाउँमा १ सय घरले डिपिसी गरेपनि कसैले पनि घर निर्माण सम्पन्न गर्न सकेका छैनन् । 

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • PR sharma

    June 24, 2018, 6:32 a.m.

    very good

  •  0 Reply

तपाईको प्रतिक्रिया