त्रिभुवन विमानस्थलको धावनमार्ग चैत १८ गतेदेखि स्तरोन्नति गरिने

 फागुन १३, २०७५ सोमबार १८:५६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नतिको काम चैत १८ गतेबाट सुरु हुने भएको छ ।  

चैत १८ गतेबाट सुरु भएको विमानस्थलको कालोपत्रको काम आउँदो  २०७६ साल जेठसम्म सकिने पर्यटन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिनुभएको छ । 

सोमबार विमानस्थलको धावनमार्ग निरीक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित मन्त्रालयका अधिकारी पुगेका थिए । 

विमानस्थल स्तरोन्नतिका लागि सम्झौता

धावनमार्ग स्तरोन्नतिको जिम्मा चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेसनले पाएको छ ।    

चिनियाँ निर्माण कम्पनीसँग करबाहेक तीन अर्ब ७५ करोड रुपैयाँमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको हो । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनर्सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । 

यसरी गरिन्छ मर्मत

विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्रे) जिरो टु बाट सुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ ।

क्यानले धावनमार्ग मर्मत गर्न पर्याप्त उपकरणको व्यवस्था गर्नेछ । तीन वटा जोत्ने मेशिन, तीन वटा पेभलर मेशिन तथा अन्य थुप्रै उपकरणको व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ । महानिर्देशक गौतमले धावनमार्गबाहेक पूरै ट्याक्सी वे मर्मत गर्नुपर्नेछ ।

खासगरी ट्याक्सी डीदेखि बीसम्म मर्मत गर्नुपर्ने अवस्थामा छ । यस कार्यका लागि उपकरण सबै विदेशी हुनेछन् ।


 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया