लमजुङको कोइरालाफाँटमा १७ रोपनी जग्गामा खेल मैदान निर्माण

 फागुन १४, २०७५ मंगलबार ११:१८:४१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका–१०, कोइरालाफाँटमा रहेको कोईरालाफाँट युवा क्लवले ‘इलाभन ए साइड’ खेल मैदान निर्माण गरेको छ । सुन्दरबजार नगरपालिका, वडा, स्थानीय जयबहादुर दुराका साथै देश–विदेशमा रहेका सहयोगी व्यक्तिहरुको सहयोगमा क्लबले १७ रोपनी जग्गामा पार्किङसहितको खेल मैदान निर्माण गरेको हो ।

यसअघि, क्लबको ‘सेभेन ए साइड’ खेल मैदान थियो । गाउँघरमा लुकेर रहेका खेल प्रतिभाको उजागरका साथै स्थानीयस्तरबाटै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अहिले खेल मैदान विस्तार गरी ‘इलाभेन ए साइड’ खेल मैदान निर्माण गरिएको क्लबका अध्यक्ष तीर्थराज ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्लवले १२ लाख खर्चेर किनेको ११ रोपनी जग्गा र स्थानीय जयबहादुर दुराले दान गर्नुभएको ६ रोपनी जग्गा गरी कुल १७ रोपनी जग्गामा खेल मैदान फैलिएको छ ।

गएको माघ १५ गतेबाट सुरु भएको खेल मैदान निर्माण कार्य फागुन ८ गते सकिएको हो । नव–निर्मित खेल मैदानको लम्बाई १ सय मिटर र चौडाई ७० मिटर रहेको छ । खेल मैदानमा प्याराफिट, तटबन्ध, रिटेनिङ वाल, वेस्ट वालका साथै भवन निर्माण गर्ने लक्ष्य क्वलले लिएको छ ।

जयबहादुर दुराले आफ्नो स्वर्गीय बुवा सुवेदार मेजर टेकबहादुर दुरा र स्वर्गीय आमा धनश्री दुराको स्मृतिमा नगद २ लाखको साथमा ६ रोपनी जग्गा खेल मैदान निर्माणका लागि क्लबलाई प्रदान गर्नुभएको हो । 

यस्तै, खेल मैदान सम्याउनका लागि सुन्दरबजार नगरपालिकाकाले सहयोग गरेको हो । सुन्दरबजार नगरपालिका वडा नं १० ले खेल मैदान निर्माणको लागि गएको वर्ष २ लाख विनियोजन गरेकोमा यसवर्ष पनि ३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

च्वाइस नेपालले ५० हजार रुपैयाँका सहयोग गरेको छ । खेल मैदान निर्माणमा देश–विदेशमा रहेका विभिन्न सहयोग व्यक्ति तथा संघसंस्थाले पनि सहयोग प्रदान गरेको कोईरालाफाँट युवा क्लबले जनाएको छ । क्लबले नयाँ खेल मैदानमा मंगलबारदेखि नवौँ कोइरालाफाँट रनिङ शिल्ड फुटबल प्रतियोगिता सञ्चालन गर्दैछ । 
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया