मंगलबार रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ घट्दा कोरियन वनको भाउ भने बढ्यो

 फागुन १४, २०७५ मंगलबार ११:३३:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार सोमबारको तुलनामा कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । कोरियन वन भने केही पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । सोमबार खरिददर ११३ रुपैयाँ २७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८७ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा थियो । 
आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकिएको छ । खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा छ । खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९८ पैसा थियो । 

यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १८ पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८७ पैसा तोकिएको थियो ।

आज बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ०४ पैसा छ । हिजो खरिददर ३०१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७४ पैसा रहेको थियो । 

मंगलबार कोरियन वनको भाउ भने केही पैसा बढेको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा रहेको छ । सोमबार वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा थियो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया