इलामबाट विप्लव नेतृत्वको नेकपाका पाँच जना कार्यकर्ता पक्राउ

 फागुन १४, २०७५ मंगलबार २०:१३:५४ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् । 

फाकफोकथुम गाउँपालिका–५ को छायाँदेवी माविबाट प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । 

केही दिनयता विभिन्न ठाउँमा भएका विस्फोटको जिम्मा विप्लव नेतृत्वको पार्टीले लिएसँगै सरकारले पनि उनीहरुमाथि निगरानी बढाएको छ ।

मंगलबार शहीद परिवारलाई सम्मान गर्न भन्दै आयोजना गरिएको एक कार्यक्रमबाट विप्लवका कार्यकर्ता पक्राउ परेका हुन् । नेकपाका इलाम सेक्रेटरी दिपेन राईका अनुसार ‘जनयुद्ध’को पहिलो शहीदलाई सम्मान गरिरहँदा प्रहरीले कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

इलामका जिल्ला कमिटी सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ  ।

२०५२ सालमा सुक्षाकर्मीको गोली लागेर मृत्यु भएका दिलबहादुर रम्तेलको सम्झनामा विप्लव समूहले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया