भेडीगोठालाको प्रेम र घाँटु समेटिएको गुरुङ फिल्म ‘आँखाभित्रको फूल’

 फागुन १६, २०७५ बिहिबार १९:३२:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको क्व्होलासोंथर गाउँपालिका–९, गिलुङ, टक्सार र भेडीगोठमा गुरुङ कथानक फिल्म ‘मि न्होर्बे ट’ अर्थात आँखाभित्रको फूल छायांकन गरिएको छ । 

यस फिल्मले भेँडीगोठालाको प्रेम कहानीसँगै गुरुङ संस्कृति घाँटुलाई समेटेको छ । सानैदेखि सँगै खेले, हुर्केका साथी र एक–अर्कामा माया गरे पनि व्यक्त गर्न नसक्दा आएको समस्यालाई फिल्ममा उतार्न खोजिएको छ । 

फिल्ममा मिस चितवन २०१७ का विजेता सुमन गुरुङ, लमजुङका खेमराज घलेसँगै सुमित गुरुङ, एलिजा गुरुङ, पवित्र गुरुङ साथै चन्द्रप्रसाद गुरुङ, विवेक गुरुङ, अमीर गुरुङ (बन्दीपुरे ठागु), धर्मदेव घले, आशिष गुरुङ, दुर्गा गुरुङलगायतलाई देख्न सकिन्छ । 

फिल्मका लेखक/निर्देशक माओ त्से गुरुङका अनुसार फिल्मको सबै छायांकन गिलुङ क्षेत्रमा भएको छ । ३५ लाख रुपैयाँमा निर्माण हुने यो फिल्म छायांकन सकिएपछि पोस्ट प्रोडक्सन म्याक्स फोर डी पोखरामा हुनेछ । 

नयाँ वर्षको अवसरमा फिल्म प्रदर्शन गरिने भएको छ । फिल्ममा बुद्धकुमार गुरुङ, राजकुमार गुरुङ र अमीर गुरुङ निर्माता छन् । 

फिल्ममा पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङ साथै रोशन गुरुङ र अमीर गुरुङ (बन्दीपुरे ठागु) ले गीत लेखेका छन् । 

तेजेन्द्र गुरुङ, धनबहादुर गुरुङ र अमीर गुरुङ (बन्दीपुरे ठागु) को संगीत छ । गीतमा मनोज गुरुङ, पवित्रा गुरुङ, ज्योति गुरुङ, शितल गुरुङ, शर्मिला गुरुङ, तेजेन्द्र दुरा, बबिता गुरुङ लगायतले स्वर भरेका छन् । लब्सन गुरुङले कोरियोग्राफी गरेका छन् । फिल्मको छायांकन खीमबहादुर गुरुङले गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया