बैतडीमा एक दशकपछि फागुन महिनामा भारी हिमपात, जनजीवन प्रभावित

 फागुन १६, २०७५ बिहिबार १९:५९:२२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भारी हिमपात भएको छ । 

मंगलबार र बुधबार भएको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । हिउँले बैतडीका उच्च लेकाली क्षेत्रहरु सेताम्य देखिएका छन् ।

यहाँको सतबाँझ, ग्वाल्लेक, खोड्पे, सिगासधुरा, श्रीभावर, ढोल्यामोड, नाचन्थली, अनारखोली, जित्कीजुँवाडलगायतका क्षेत्रमा भारी हिमपात भएको छ । फागुन महिनाको मध्यतिर हिमपात भएको दशवर्ष यताकै पहिलो पटक भएको स्थानीयहरुले बताएका छन् । 

फागुनको महिनामा यति हिमपात भएको १२ वर्षमा पहिलो पटक देखेको दशरथचन्द नगरपालिका १ गुरुखोलाका महादेव भट्टले बताउनुभयो ।

आजभन्दा करीब १२ वर्ष अघि फागुन २ गते भारी हिमपात भएको थियो । हिमपातका कारण उच्च लेकाली क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

लेकाली क्षेत्रमा भारी हिमपात भएकाले बाहिर निस्कन समेत मुस्कील भएको सिगास गाउँपालिका ९ की लक्ष्मी चन्दले बताउनुभयो । फागुनमा महिना धेरै बर्षपछि फागुनमा हिमपात भएको भनेर बुढापाकाहरुले बताएको उहाँले बताउनुभयो ।

हिमपातले जनजीवन कष्टकर भए पनि हिउँदे फलफूलका लागि भने फाइदाजनक भएको कृषि प्राविधिकहरुले बताएका छन् ।

लगातार रुपमा भइरहेको हिमपातले अन्य बालीनालीमा त्यति सहयोग नपुर्याए पनि हिउँदे फलफूलका लागि भने निकै राम्रो भएको कृषि प्रावधिकहरुले बताएका हुन् । 

पुस, माघमा परेको हिमपातले गहुँबाली हुर्कन मद्दत गरेपनि पछिल्लो पटक भएको हिमपातले भने नोक्सानी पुर्याएको छ ।

तर हिउँदे फलफूलका बिरुवाहरुका लागि भने निकै फाइदाजनक भएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक अर्जुन खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया