विदेशबाट लाखौं खर्च गरेर ढोरपाटनमा शिकार (भिडियो)

 असार १०, २०७५ आइतबार ११:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमशृङ्खला भित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ । 

यहाँ चैत, वैशाख र अशोक, कात्तिक गरी दुई सिजनमा शिकार गर्न पाइन्छ । नाउर र झारलको शिकार गर्न विदेशबाट पर्यटक धेरै आउँछन् । खासगरी उद्योगपति र धनाढ्यहरु शिकारको लागि शौखिन हुन्छन् ।

२० देखि २५ लाख रुपैयाँसम्म खर्च गरेर विदेशबाट जहाज चार्टर गरी शिकार गर्न आउनेहरु पनि छन् । ढोरपाटनमा कम्तिमा ७ दिनदेखि बढिमा १५ दिनसम्म बसेर शिकार गर्न पाइन्छ । शिकार गर्न आउनेहरुलाई स्थानीय पथप्रदर्शकले सहयोग गर्छन् । लाईसेन्स प्राप्त शिकारीले ९ नाउर र ११ झारलको शिकार गर्न पाउने प्रवधान छ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया