मिर्गौला पीडित शाहलाई मेलानको आर्थिक सहयोग

 फागुन १९, २०७५ आइतबार ११:३१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – दुवै मिर्गौला फेल भई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत झापा गौरदाहाका शुरज शाहलाई मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आर्थिक सहयोग गरेको छ । 

मिर्गौला पीडित शाहलाई अस्पतालमै एक कार्यक्रमकाबीच मेलानले ४ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

शाहको उपचारमा सहयोग गर्नका लागि मेलानले विभिन्न जिल्ला, प्रदेश तथा केन्द्रका आफ्नो समितिमार्फत रकम संकलन गरेको मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिनुभयो । मिर्गौला पीडित शाह आफै पनि प्रयोगशालाकर्मी हुनुहुन्छ ।

आफू आवद्ध पेसागत संगठनले आफ्नो ज्यान बचाउन गरेको सहयोगप्रति शाहले आभार प्रकट गर्नुभयो । 

गएकाे १२ वर्षदेखि पेसागत हकहितका लागि समर्पित स्वास्थ्य प्रयोगशालाकर्मीहरुको छाता संगठन मेलानले स्वास्थ्य प्रयोगशालामा आवद्ध सदस्यहरु प्रति निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत मिर्गौला पीडित शाहको उपचारमा आर्थिक सहयोग उपलब्ध गराएको अध्यक्ष खड्काले बताउनुभयो ।
 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया