ठूलो स्क्रीन,शक्तिशाली क्यामेरा र उच्च क्षमता भएकाे ग्यालेक्सी एस १‍० बजारमा

 फागुन १९, २०७५ आइतबार १७:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस १० फोन बजारमा उपलब्ध गराएको छ ।

एस सिरिज अन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा प्रस्तुत गरेको छ । यसको क्यामरा, डिस्प्ले तथा कार्यक्षमता अब्बल रहेको कम्पनीकाे दावी छ । 

ग्यालेक्सी एस सिरिजमा धरै सामग्रीहरु भण्डारणको लागि ठूलो स्टोरेज क्षमता छ । यी फाेनमा १ टेराबाइटसम्म आन्तरिक स्टोरेज उपलब्ध  भने कार्डमार्फत १.५ टेराबाइटसम्म बढाउन सकिन्छ । 

 आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो फोन गेमिङ्गको लागि विशेष रहेकाे छ । विभिन्न रंगमा उपलब्ध एस सिरिजकाे प्रि अर्डर यही मार्च १ देखि मार्च १४ तारिखसम्म गर्न सकिने कम्पनीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया