एपीएफ क्लब झापा गोल्डकपको क्वार्टरफाइनलमा

 फागुन १९, २०७५ आइतबार २०:२१:३६ | सुश्मा राजवंशी
unn.prixa.net

झापा - सशस्त्र प्रहरीको एपीएफ क्लब झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा मोरङ ११ लाई १ शून्य गोल अन्तरले हराउँदै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

एपीएफ लाई जित दिलाउन हरि कार्कीले पहिलो हाफको अतिरिक्त समयमा निर्णायक गोल गरेका हुन् । अब एपीएफले मंगलबार दोस्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी संग खेल्ने छ ।

साेमबार पहिलो क्वाटरफाइनलमा आयोजक झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच प्रतिस्पर्धा हुनेछ । २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया