जापान भर्सेस सेनेगल: प्रभाव पार्नसक्ने खेलाडी

 असार १०, २०७५ आइतबार १६:१९:५९ | उज्यालो सहकर्मी

विश्वकपमा दक्षिण अमेरिकी मुलुकलाई हराएर इतिहास कायम गरेको जापान सेनेगलसँग आफ्नो दोस्रो खेलमा जित हात पारेर अर्को इतिहास कायम गर्ने लक्ष्यमा छ ।

पहिलो खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी कोलम्बियालाई हराएको जापानले सेनेगललाई हराएमा विश्वकपमा पहिलो दुई खेल जित्ने एसियाली मुलुकको कीर्तिमान कायम गर्नेछ । 

प्लेयर्स टू वाच

साडियो माने–सेनेगल

दोस्रो पटक विश्वकप खेल्न लागेको सेनेगलका मुख्य खेलाडीका रुपमा साडियो माने हुन् ।

प्रिमियर लिग क्लब लिभरपुलबाट व्यवसायिक फुटवल खेलिरहेका मानेले २०१२ मा सिनियर टिममा डेब्यु गरेका हुन् । उनले राष्ट्रिय जर्सीबाट ४९ क्याप जित्दै १४ गोल गरेका छन् ।

२०१६ मा लिभरपुलमा ३४ मिलियन पाउन्डमा आवद्ध हुदा  उनी अफ्रिकाका सबैभन्दा महंगा खेलाडी बनेका थिए ।

सामर्थ्य, क्षमता र गतिले मानेलाई सेनेगल फुटबल टिमको सवैभन्दा ठूलो सम्पति बनाएको छ ।

प्रिमियर लिगमा लिभरपुललाई शीर्ष चारमा पार्नका लागि मानेको योगदान महत्वपूर्ण छ । च्याम्पियन्स लिगमा रियल मड्रिडसँग ३–१ ले पराजित हुँदा लिभरपुलका लागि एकमात्र गोल मानेले गरेका थिए ।
 

शिन्जी कागावा–जापान

जर्मन क्लब बोरसिया डोर्टमण्डमा खेल्दै आएका कागावाले जापानका लागि ९० क्याप जितिसकेका छन् । अघिल्ला

प्रशिक्षक भाहिदले टिमको रणनीतिमा फिट नहुने बताएपछि कागावा प्रशिक्षकसँग रुष्ट थिए । युरोपेली लिगको राम्रो अनुभव पाएका कागावाले जापनका लागि २९ गोल गरिसकेका छन् ।

प्रमुख गोलकर्ता ओकाजाकीले ११२ खेलमा जापानका लागि ५० गोल गरिसकेका छन् ।

दुई वर्ष अघि लेस्टर सिटीले प्रिमियर लिगको उपाधि जित्दाका प्रमुख खेलाडी ओकाजाकीको अनुपस्थितिका कारण पूर्व प्रशिक्षक भाहिदको चर्को आलोचना समेत भएको थियो ।
 

जापान टिम

प्रशिक्षकः अकिर निशिनो

गोलकिपरः इजी कावाशिमा, मासाकी हिगाशिगुची, कोसुके नाकामुरा

डिफेन्डरः नाओमिची ऐदा, गेन शोजी, युतो नागातोमो, वातारु इन्दो, हिरोकी साकाई, तोमोआकी माकिनो, गोतोकुु साकाइ, माया योसिदा

मिडफिल्डरः गाकु शिबासाकी, शिन्जी कागावा, होतारु इामागुची, माकोतो हासाबे, र्‍योता ओशिमा

फरवार्डः काइसुके होण्डा, गेन्की हारागुची, शिन्जी ओकाजाकी, ताकाशी उसामी, योशिनोरी मुतो,ताकाशी इनुई, युया ओसाको
 

सेनेगल टिम

प्रशिक्षकः अलिओउ सिस्से

गोलकिपरः अब्दोउलाय डियाल्लो, खादिम एनदिय, अफ्रिेड गोमिस

डिफेन्सः सालिओउ सिस, कालिदोउ कोलिबाले, कारा एमबोजी, युसुफ साबाले, पापे एलिओने एनदिय, लामिने गास्सामा, मोउसा वागे

मिडफिल्डरः इद्रिसा गाना गेय, सालिफ साने, चिखोउ कुयटे, चिख एनदोय, अल्फ्रेड एनदिए

फरवार्डः मोउसा सोउ, मामे विराम दियोफ, साडियो माने, मोउसा कोनाटे, दियाफ्रा साखो, स्माइला सार, एमबाय नियाङ, केइटा बाल्डे

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया