‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले जलविद्युत आयोजनाका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल विद्युत प्राधिकरणले काममा ढिलासुस्ती गरेको भन्दै खारेज गर्न समेत माग गर्नुभयो । आइतबार प्रतिनिधिसभाको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको विनियोजन बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सबै स्थानीय तहमा प्रहरी चौकीको व्यवस्था हुने गरी बजेट विनियोजन नगरिएको भन्दै आपत्ति जनाउनुभयो ।
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राधा ज्ञवालीले जलविद्युत आयोजना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले बुढिगण्डकी जलविद्युत आयोजनालगायतका आयोजनाको जग्गाको मुआब्जाका लागि बजेटको व्यवस्था नगरिएको भन्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सांसद सत्यनारायण शर्मा खनालले साना जलविद्युत अयोजना निर्माणमा जोड दिन सरकारसँग माग गर्नुभयो । बैठकमा सांसदहरुले सरकारले मुलुकको समृद्धिका लागि आवश्यक बजेटको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।