३५ हजार घुससहित खाद्य अनुसन्धान अधिकृत पक्राउ

 फागुन २२, २०७५ बुधबार १७:१५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगञ्ज, बाँकेका कार्यालय प्रमुख खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तव घुससहित पक्राउ परेका छन् ।  

खाद्य गुणस्तर प्रमाणीकरण अर्थात ल्याब टेष्ट गर्ने काममा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग लिएको ३५ हजार रुपैयाँ घुससहित कार्यालय प्रमुख श्रीवास्तवलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । घुससहित श्रीवास्तवलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो । 

यस्तै, नेपालगञ्ज भन्सार कार्यालय, नेपालगंज, बाँकेमा कार्यरत नायव सुब्बा लक्ष्मणबहादुर चन्दले प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार जाँचपासमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज नायव सुब्बा लक्ष्मण बहादुर चन्दलाई बाउन्न हजार घुससहित नियन्त्रणमा लिएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया