नयाँ शक्तिका प्रदेश एक संयाेजक भण्डारीसहित २०८ जना नेकपामा प्रवेश

 फागुन २२, २०७५ बुधबार १९:८:४८ | रासस
unn.prixa.net

माेरङ - नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर १ का संयोजक देवराज भण्डरीसहित २०८ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । 

मोरङको पथरी शनिश्चरेमा नेकपाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र देश समृद्ध हुने बताउनुभयो ।

मन्त्री ढकालले नयाँ शक्तिका  संयाेजक  डाक्टर बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पुरानै घरका रुपमा रहेको नेकपा नै भएको जिकिर गर्नुभयो । उहाँले सुकुम्वासीसहितका बसोबासको समाधान गर्न सरकारले निर्माण गरेको कानुन अन्तिम चरणमा पुगेको जनाउँदै पथरीशनिश्चरेमा निर्माण हुने प्रदेशकै गौरवको आदिवासी जनजातिसहितको बहुजातीय सांस्कृतिक सङ्ग्रहालयको प्रक्रिया अघि बढेको जानकारी गराउनुभएको थियो । 

नवप्रवेशी भण्डारीले एकीकृत रुपमा देशको समृद्धिको अभियानमा आफूहरु एकाकार भएको धारणा राख्नुभयो । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य एवम् युवाका केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम् पूर्व जनमुक्ति सेनाका मोरङ संयोजक जितबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य वासु बराल, प्रदेश सदस्य एवम् ३ नम्बर क्षेत्रीय संयोजक पर्शुराम मिश्रसहित पार्टीमा प्रवेश गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया