विश्वकप फुटबल २०१८: पाेल्याण्ड विरुद्ध काेलम्बिया

 असार १०, २०७५ आइतबार २१:९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप अन्तर्गत आजरातिे समूह एच अन्तर्गत कोलम्बिया र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । 

दुवै टिमका लागि यो खेल नकआउट चरणमा पुग्न सम्भावना कायमै राख्नका लागि निकै महत्वपूर्ण छ । दुईबीचको खेल काजान एरिनामा नेपाली समयअनुसार राति पौने १२ बजेदेखि सुरु हुँदैछ ।
 

समूह चरणको पहिलो खेलमा कोलम्बिया जापानसँग दुई एकले हारेको थियो भने पोल्याण्ड सेनेगलसँग दुई एकले नै पराजित भएको थियो ।

दोस्रो चरणको अन्तिम खेलका रुपमा रहेको यो खेलको विजेताले अन्तिम खेलमा जित निकालेमा नकआउट चरणको यात्रा पक्का पार्नेछ ।
 
पहिलो खेलमा चोटका कारण पुर्ण रुपमा फिट नभएपछि सब्स्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका जेम्स रोड्रिगेज आज सुरुवात देखि नै खेल्नेछन् । 

यता पोल्याण्डका स्ट्राइकर डाविड कोनास्कीले पहिलो खेलमा राम्रो खेलेका कारण आजपनि टिममा रहनेछन् ।
 
पहिलो खेलमा हार ब्यहोरेर पोल्याण्डले अहिलेसम्म विश्वकपका समूह चरण पार गर्न सकेको छैन ।

यता कोलम्बियाका कार्लो सान्चेजले पहिलो खेलमा रातो कार्ड पाएका कारण आज खेल्न पाउने छैनन् ।
 
सन् २००६ पछि यी दुई टिम पहिलो पटक मैदानमा उत्रँदैछन् । 

पछिल्लो पटक भएको खेलमा कोलम्बिया दुई एकले विजयी भएको थियो । 

युरोपियन टिम विरुद्ध कोलम्बियाले ९ खेलमा दुई खेलमा मात्र जित निकालेको छ । जसमा दुई बराबरी र ५ हार ब्यहोरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया