इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट श्रृंखलामा अष्ट्रेलिया ५–० ले पराजित

 असार ११, २०७५ सोमबार ८:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले क्लिनस्वीप गरेको छ । पाँचौ तथा अन्तिम खेलमा १ विकेटको जित हात पार्दै इग्ल्याण्डले श्रृंखलाका सबै खेल जितेको हो ।

म्यान्चेष्टरमा भएको खेलमा २ सय ६ रनको लक्ष्य इग्ल्याण्डले ९ बल बाँकी हुँदै ९ विकेट गुमाएर भेट्टाएको हो । इग्ल्याण्डलाई जिताउन जोस बटलरले नटआउट १ सय १० रन बनाए ।

अष्ट्रेलियाका स्टानलेक र रिचार्डसनले तीन–तीन विकेट लिएपनि टिमको जितका लागि त्यो पर्याप्त भएन । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि ट्राभिस हेडले ५६, आर्कि श्रोटले ४७ र एलेक्स क्यारीले ४६ रन बनाएका थिए । इंग्ल्याण्डका मोइन अलिले ४ विकेट लिए  । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया