वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस १० स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ ।
कम्पनीले एस सिरिज अन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा उपलब्ध गराएको हो । एक दशकभन्दा लामो अनुसन्धानबाट विकास गरिएको याे मोबाइल नयाँ पुस्ताको लागि लक्षित गरिएकाे कम्पनले बताएकाे छ ।
यसका लागि कम्पनीले मार्च १ देखि मार्च १४ सम्म प्रि बुकिङ्गको व्यवस्था मिलाएको थियो । प्रि बुकिङ्गको अवधिभर नेपाली बजारमा यसको उल्लेखनीय माग भएको र अब ग्राहकहरुले नेपाली बजारमा सहजै यो फोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
मोबाइल खरिद गर्न सहज होस् भन्ने उद्देश्यले देशका कम्पनीले ग्लोबल आइएमई बैंक, नविल बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एन एम बि बैंक, माछापुच्छ«े बैंक तथा हुलास इन्भेष्टमेन्टसँको सहकार्यमा मासिक किस्ताबन्दीका साथै सहज फाइनान्सिङको व्यवस्था मिलाएको छ ।