मोनोरेल कम्पनीलाई १५ दिनभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश

 असार ११, २०७५ सोमबार १८:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सर्वोच्च अदालतले मोनोरेल कम्पनीलाई १५ दिन भित्र मोनो रेल सञ्चालनसम्बन्धी जवाफ पेश गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको सोमबार बसेको संयुक्त इजलासले मोनो रेल कम्पनीलाई रेल सञ्चालनसम्बन्धी विवरण १५ दिन भित्र पेश गर्न आदेश दिएको हो । 

मोनो रेल कम्पनी प्रालिले मोनोरेल सञ्चालनका लागि दावी गरे पनि लगानी बोर्डबाट त्यसको औपचारिक निर्णय नभएका उल्लेख गर्दै सर्वोच्च अदालतले यसअघि नै त्यो दावी कार्यान्वयन नगर्न, नगराउन अन्तरिम आदेश दिएको थियो । त्यही अन्तरिम आदेशलाई निरन्तरता दिने गरी आदेश दिइएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनु भयो ।

मोनोरेल प्रालिले आयोजना प्रत्याभूतिका लागि आवश्यक बजेट १० करोड रुपैयाँको बंैंक ग्यारेन्टी देखाउन नसकेपछि बोर्डले मोनोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न स्वीकृति दिएको थिएन ।

सरकारले काठमाडौंमा मोनो रेल सञ्चालन गर्र्ने योजना अघि सारे पनि त्यसको विस्तृत अध्ययन गर्ने कम्पनीको छनौट प्रक्रियालाई अझै टुंगो लगाउन सकेको छैन ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया