विराटनगर–जोगवनी दशगजा सीमा क्षेत्रको बस्ती दुवै देशका प्रहरीले हटाए

 असार १३, २०७५ बुधबार ९:५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – नेपाल–भारत सीमा क्षेत्र दशगजा क्षेत्रको अतिक्रमण हटाउन सुरु भएको छ । सशस्त्र सीमा सुरक्षा बल कार्यालय रानी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त सुरक्षा टोलीले जोगवनी र रानीबीचको दशगजा क्षेत्रको पसल तथा टहराहरु हटाइएको हो ।

प्रहरीको टोलीले जोगवनीको दशगजामा राखिएका ३९ वटा टहरा, पसल, हटाएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयले जनाएको छ । सीमा क्षेत्रमा रहेका अन्य ८० ओटा घरहरु हटाउने तयारी भैरहेको र उनीहरुका लागि एक महिनाको समय दिइएको सशस्त्र प्रहरी उपरीक्षक मनिष थापाले जानकारी दिनुभयो ।

नेपाली र भारतीय दुवै पक्षले घर टहरा हटाउन थालेपछि उनीहरुले ५ महिनाको समय मागेका थिए । लामो समयदेखि बस्दै आएका उनीहरुलाई दुवै देशको सहमति अनुसार एक महिनाको समय दिइको एसपी थापाले जानकारी दिनुभयो ।

दशगजा क्षेत्रमा बस्ती बस्दा भारतीय तथा नपाली भूमिमा सुरक्षा खतरा हुने भन्दै दुवै देशका सुरक्षा अधिकारीहरु दशगजा खाली गराउन सहमत भएका हुन् ।

भारतको जोगवनीका नेता पप्पु पटेललाई अज्ञात व्यक्तिले गोली हानेपछि भारतीय पक्ष पनि दशगजा खाली गराउन सकारात्मक देखिएको अधिकारीहरुको भनाई छ । भारतीय पक्ष सकारात्मक भएपछि दशगजा खाली गराउन सफल भएको नेपाल पक्षको भनाई छ । यस अघि पटक–पटक नेपाल पक्षले दशगजाको बस्ती हटाउने प्रयास गरेको भए पनि भारतीय पक्षले आलटाल गर्दै आएको थियो । 
 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया