हावाहुरीको कारण बारामा २७ जनाको ज्यान गयो

 चैत १७, २०७५ सोमबार ५:३६:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार साँझ आएको हावाहुरीले बारामा ठूलो मानवीय क्षति पुगेको छ । बारामा २७ जनाको ज्यान गएको छ । यसैगरी पर्सामा एकजनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिलेसम्म जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । दुई सयभन्दा धेरै घाइते भएका छन् । घाइतेको उद्दारको काम रातिदेखि नै भैरहेको र बिभिन्न अस्पतालमा उपचार भैरहेको बाराका उज्यालो सहकर्मी जयनारायण यादवले जनाएका छन् ।

यसैगरी पर्सामा पनि हावाहुरीले धनजनको क्षति पुर्याएको छ । त्यहाँ एकजनाको ज्यान गएको पुष्टि भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राति ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिनु भएको छ । 

बाराको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा च्यापिएर तीन जनाको ज्यान गएको छ । त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेको केन्द्रले जनाएको छ । यस्तै घरहरु पनि भत्किएका छन् ।

उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको र उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनु भएको छ ।  

घटनाको विस्तृत विवरण आइसकेको छैन ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • कमल लम्साल

    April 1, 2019, 6:03 a.m.

    यो दुखद घडीमा मृतकहरु प्रति हार्दीक श्रदाञ्जली साथै शोकसन्तप्त तथा सम्पुर्ण पिडीतहरुमा हार्दीक समवेदना

  •  0 Reply

तपाईको प्रतिक्रिया