नेकपाका सांसदले एक दिनकाे तलब दिँदा कांग्रेस सांसदले दिए २ दिनकाे तलब

 चैत १८, २०७५ सोमबार १६:५२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - हावाहुरीबाट प्रभावित परिवारको राहतका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।  

नेकपा सदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सबै सांसदको एक दिनको तलब राहत कोषमा जम्मा गरिने व्यवस्था मिलाउन उपनेता सुवास नेम्वाङलाई निर्देशन दिनुभएको छ । 

संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा नेकपाका १ सय ७० जना सांसद रहेका छन् भने राष्ट्रियसभामा ३७ जनाले प्रतिनिधित्व गर्छन ।  

सांसदको पारिश्रमिक र सेवा सर्तसम्बन्धि ऐन अनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले मासिक ५५ हजार २ सय ३० रुपैयाँ तलब पाउँछन् । यस अनुसार एक जना सांसदले एक दिन बराबर १ हजार ८ सय ४० रुपैयाँ पाउँछन् । 

एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भनेपछि राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने २ सय ७ जना सांसदबाट तीन लाख ८० हजार ८ सय ८० जम्मा हुन्छ । 

यो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेर प्रभावितहरुको उद्धारमा लगाइने छ । 

त्यस्तै नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले दुई दिनको तलब हावाहुरी प्रभावितलाई राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी संघीय संसदमा ७६ जना कांग्रेसका सांसद छन् । ७६ जना सांसदकाे १८४० का दरले एक लाख ३९ हजार ८ सय ४० हुन्छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया