नेपालमा समृद्धिकाे वातावरण तयार भएको प्रधानमन्त्री ओलीको दाबी

 चैत २५, २०७५ सोमबार १६:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर- रासस

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको दाबी गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यक्ता अनुसार संविधान, कानुन परिमार्जन गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको हो । 

सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभाको काठमाण्डौमा उद्घाटन गर्दै उहाँले विगतका गलत अभ्यास र परम्परालाई त्यागेर देशलाई समृद्ध बनाउने अभियानमा सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले अब अरुलाई दोष दिएर पन्छिने अवस्था सरकार–निजी क्षेत्र कसैलाई पनि नरहेको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले देशलाई समृद्ध बनाउन सरकार एक्लैको प्रयासले मात्रै नहुने बताउनु भयो । सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको योगदानमाथि विशेष जोड दिएको पनि ओलीले स्पष्ट पार्नुभयो । लगानी सम्मेलनपछि देशलाई समृद्ध बनाउने आधार झनै बलियो भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले त्यसका लागि आवश्यक सबै खालको नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले देशको विकास निर्माणको काममा तीव्रता दिन पनि निजी क्षेत्रले उल्लेख्य योगदान दिन सक्ने धारणा राख्नुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया