मन्त्रिपरिषद् बैठकअघि बालुवाटारमा उपप्रधानमन्त्री पाेखरेलकाे 'बर्थ डे सेलिब्रेसन'

 चैत २५, २०७५ सोमबार १८:३८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाेखरेलकाे जन्मदिन बालुवाटारमा एक कार्यक्रमका बीच मनाइएकाे छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प गुच्छासहित केक खुवाएर पोखरेललाई जन्मदिनको शुभकामना दिनुभएको छ ।

सोमबार अपरान्ह प्रधानमनत्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकको सुरुमै प्रधानमन्त्रीले केक काटेर उपप्रधानमन्त्री पोखरेललाई खुवाउनु भएको हो ।

बैठकमा उपस्थित अन्य मन्त्रीहरुले पनि पोखरेललाई जन्मदिनको शुभकामना दिनुभएको थियाे ।

तस्बिर : कृष्ण पौड्याल, प्रधानमन्त्रीको सचिवालय


 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया