राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई निर्वाचन आयाेगकाे वैधानिकता, चुनाव चिह्न हलाे

 चैत २७, २०७५ बुधबार १७:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बुधबार वैधानिकता पाएको छ ।

निर्वाचन आयोगले पशुपति समशेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वको दुई वटा राप्रपा मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई कानुनी रुपमा राजनीतिक दलको मान्यता दिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोगले आफ्नो पार्टीलाई राजनीतिक दलको मान्यता दिएको जनाएको छ । राप्रपा संयुक्तले निर्वाचन चिन्ह ‘हलो’  पाएको छ ।

राप्रपा संयुक्तले हिन्दु राष्ट्र कायम गर्दै राजसंस्थालाई राष्ट्रप्रमुखको रुपमा स्थापित गराउने मुद्दालाई मुख्य नीतिको रुपमा प्राथमिकताका साथ अघि सारेको छ । हालका राष्ट्रप्रमुखको भुमिका निश्पक्ष हुन नसेककाले सेरेमोनियल राजसंस्थाको पक्षमा आफूहरु रहेको राप्रपाका अर्का अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले बताउनुभयो ।

अध्यक्ष जबराले नेपाललाई अधिनायकवाद तर्फको यात्राबाट रोक्नका लागि नीति र सिद्धान्त मिल्ने सबैलाई एकता र सहकार्यका लागि आह्वानसमेत गर्नुभयो ।

वर्तमान सरकारका गतिविधि संविधानको भावना र मर्म विपरीत रहेको, भ्रष्टाचार मौलाएको, संवैधानिक अंगका स्वतन्त्रतामा हस्तक्षेप गरिएको तथा प्रधानमन्त्रीको तजबिजमा सेना परिचालन लगायतका कार्यहरु नियोजित रुपमा सक्रिय भएको आरोप राप्रपा संयुक्तले लगाएको छ ।

पार्टी एकतापछि बनेको राप्रपा संयुक्तका लोहनी र जबरा दुई अध्यक्ष रहेका छन् ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया