अमेरिकाको पत्रिका कार्यालयमा गोली प्रहार, ५ जनाको मृत्यु

 असार १५, २०७५ शुक्रबार ७:३३:११ | एजेन्सी
unn.prixa.net

अमेरीकाको मेरील्याण्ड प्रान्तमा रहेको एउटा पत्रिका कार्यालयमा आक्रमण भएको छ । आक्रमणमा ५ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

मेरिल्याण्डमा रहेको स्थानीय पत्रिकाको कार्यालयमा बन्दुकधारीले जथाभावि गोली चलाएको हो । बन्दुकधारीले समाचार कक्षलाई लक्षित गरी गोली चलाएका प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार आक्रमणमा संलग्न एक बन्दुकधारीले घटना पछि आत्मसमर्पण गरेका छन् । उनलाई हिरासतमा राखि अनुसन्धान भइरहेको छ । पत्रिकाको कार्यालय रहेको भवनबाट अरु १ सय ७० भन्दा धेरै जनाको उद्दार गरिएको र उनीहरु सुरक्षित रहेका प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया