हरेक नेपालीको टाउकोमा झण्डै ३२ हजार रुपैयाँ ऋण, पोहोरको भन्दा सात हजार धेरै

 चैत २९, २०७५ शुक्रबार १८:३६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हरेक नेपालीको टाउकोमा झण्डै ३२ हजार रुपैयाँको ऋणको भारी रहेको छ । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदन अनुसार हरेक नेपालीको टाउकोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण रहेको छ । यो रकम आर्थिक वर्ष २०७३/७४ को भन्दा ७ हजार ४३ रुपैयाँले धेरै रहेको महालेखाले जनाएको छ । 

आथिक वर्ष २०७४/७५ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड रहेको छ । जसमध्ये आन्तरिक ऋण ३ खर्ब ९१ अर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड रहेको छ । ऋण दायित्व गएको वर्षको तुलनामा ३१.१९ प्रतिशतले अर्थात् २ खर्ब १७ अर्ब ६२ करोड वृद्धि भएको महालेखाले जनाएको छ । कुल ऋणमध्ये आन्तरिक ऋण ४२.७३ प्रतिशत र वैदेशिक ऋण ५७.२७ प्रतिशत रहेको छ । 

असार मसान्तको कुल जनसंख्या २ करोड ८८ लाख २९ हजारलाई आधारमान्दा यो वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व ३१ हजार ७ सय ५०  रुपैयाँ रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया