जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

 असार १५, २०७५ शुक्रबार १२:५५:२८ | सुश्मा राजवंशी

झापा – झापाको मेचीनगरमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । 

जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मेचीनगर –१४, दुवागडीका प्रेम किशान दर्र्जी, उनकी पत्नी सुशीला दर्जी, उनका दुई छोराहरुसहित ज्वाइँ प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामी परेका सबैको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भैरहेको छ ।

यसैबीच विषाक्त खानेकुरा खाँदा दक्षिणी झापाको कचनकवल गाँउपालिकामा एकै गाउँका तीन बालबालिकासहित नौ जना बिरामी परेका छन् ।

खेताला गएका उनीहरूले बिहीबार दिउँसो आलु, सोयाबिनको तरकारी र मटरको अचारसँग खाना खाएका थिए । बिरामी पर्नेमा कचनकवल –७, बालुवाडी निवासी २८ वर्षीया शर्मिला तामाङ, २४ वर्षीया मञ्जु राई, ३५ वर्षीय राजा तामाङ, २८ वर्षीय अञ्जन राई, ३२ वर्षीय सीता तामाङ र २६ वर्षीय दिलु लिम्बू रहेका छन् । बिरामि परेका उनीहरूको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भैरहेको वडा प्रहरी कार्यालय भद्रपुरका निरीक्षक प्रकाश जगेवूले जानकारी दिनुभयो ।

त्यस्तै सात वर्षीय उदय राजवंशी, आठ वर्षीय जयप्रकाश राजवंशी र १० वर्षीय विक्रम राजवंशी भने उपचारपछि बिहीबार नै घर फर्किएका थिए । स्थानीय पदमबहादुर तामाङको खेतमा खाना खाएसँग उल्टी आउने, रिंगटा लाग्ने, टाउको र शरीर दुख्ने भएपछि सबैलाई उपचारका लगिएको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया