पर्यटन विकासमा साझेदारी गर्न मिरिकमा ‘इण्डो–नेपाल फ्रेण्डशिप मीट’

 असार १५, २०७५ शुक्रबार १६:४७:२४ | सुश्मा राजवंशी

मिरिक, दार्जीलिङ –  पूर्वी नेपाल र उत्तर पूर्वी भारतका पर्यटन विकासका लागि आवश्यक पहल थाल्ने दुवै देशका सम्बन्धित अधिकारीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतको कोलकातामा रहेको नेपाली महावाणिज्य दूतावासले दार्जीलिङको मिरिकमा तेस्रो ‘इण्डो–नेपाल फ्रेण्डशिप मीट’ को आयोजना गरी पूर्वी नेपालको प्रदेश एकका ग्रमिण पर्यटन र भारतका पर्यटन क्षेत्रमा पर्यटक कसरी बढाउने, पर्यटन क्षेत्रमा देखा पर्ने सीमा समस्या समाधानलगायतका विषयमा चर्चा गरिएको थियो ।

कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत एकनारायण अर्यालले नेपाल अब संघीय प्रणालीमा गइसकेकाले प्रदेशस्तरीय सरकारहरुले पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्ने बताउनुभएको थियो । 

विशेषगरी ग्रामिण पर्यटनमा सरकारको आँखा नपुगेका कारण अहिलेसम्म पर्यटकहरु गाउँ गाउँसम्म पुग्न नसकेको बैठकका सहभागीहरुको तर्क थियो । ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले गाउँका मौलिक संस्कृति पर्यटकहरुका लागि आकर्षण बन्ने बताउनुभयो ।

कार्यक्रममा मिरिक नगरपालिकाका उपाध्यक्ष एमके जिम्बाले अहिले मिरिकको विकासका लागि पश्चिम बंगाल सरकारले एक सय करोड लगानी गरिरहेको जानकारी दिनुभयो । नेपाल भारतबीचको खुल्ला सीमानाका कारण ग्रामीण पर्यटन प्रवर्द्धन सहज हुने कार्यक्रममा सहभागीहरुले बताएका थिए । दुवै देशको पर्यटन क्षेत्रको विकासका लागि मिलेर काम गर्न भन्दै  मिरिक घोषणापत्र समेत जारी गरिएको छ ।

कार्यक्रममा झापा र इलामका प्रमुख जिल्ला अधिकारीहरु, वन कार्यालयका प्रमुखहरु तथा पर्यटन व्यवसायीहरु भारतबाट मिरिकका अधिकारीहरु, सशस्त्र सीमा सुरक्षा बलका अधिकारीहरु तथा भारतका पर्यटन व्यवसायीहरुको सहभागितामा पर्यटन क्षेत्रमा अब दुई देशबीच मिलेर काम गर्न आह्वान गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया