थाइल्याण्ड 'सोंगक्रण' पर्व : सडक दुर्घटनामा ३४८ ले ज्यान गुमाए, झण्डै ३ हजार घाइते

 बैशाख ४, २०७६ बुधबार १३:५५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

थाइल्याण्डमा मनाइने सोंगक्रण पर्वमा भएको सडक दुर्घटनामा अहिलेसम्म कम्तीमा ३४८ ले ज्यान गुमाइसकेका छन् । घटनामा ३१७६ घाइते भएका छन् । सडक सुरक्षा निर्देशन केन्द्रका निर्देशक सुकहुम कंचनाफिमाईले यो घटना गएको बिहीबारदेखि मंगलबारसम्म गरी ६ दिनमा भएको हो ।

आपत रोकथाम र राहत विभागले जारी गरेको आँकडा अनुसार, गएको ५ दिनमा झण्डै ३ हजार सडक दुर्घटना भयो । यीमध्ये अधिकांश दुर्घटना चियाङ्गमाई शहरमा भएको हो । सडक सुरक्षा निर्देशन केन्द्रका निर्देशकले घटनामा परि सबैभन्दा धेरै उडोन थानी शहरमा १४ जनाले ज्यान गुमाएका छन् भने चियाङ्गमाई शहरमा सबैभन्दा धेरै एकसय जना घाइते भएका छन् । 

अधिकारीका अनुसार, अधिकांश दुर्घटना सवारी चालककाको लापर्वाहीबाट भएको हो । यीमध्ये नशामा गाडी चलाउँदा ४०.६८ प्रतिशत र तीव्र गतिमा सवारी चलाउँदा २७.५४ प्रतिशत दुर्घटना भएको हो । सडक दुर्घटनामा अधिकांश मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । कुल दुर्घटनामा उनीहरुको संख्या ७८.८५ हुन आउँछ । 

दुई लाख ३५ हजार ८ सय ३८ सवारी चालकले ट्राफिक नियम तोडे । ६४ हजार २ सय ९६ हेलमेट नलगाई सवारी चलाउँदा पक्राउ परे । जबकि  ५७ हजार ४ सय ५२ सँग लाइसेन्स थिएन । 

देशैभरि दुई हजार ४० चेक प्वाइन्ट्स बनाइएको थियो । त्यस्तै ६५ हजार तीन सय आठ कर्मचारी तैनाथ थिए ।  
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया