दिपायलका किसान भन्छन् : केको धान दिवस मनाउनु ? बीउसमेत राख्न पाएका छैनौँ

 असार १५, २०७५ शुक्रबार १८:५:४८ | विमल बिष्ट

डोटी – देशभर असार १५ धान रोपेर धान दिवस मनाइरहेका बेला डोटीको दिपायलका जग्गा भने बाँझै छन् । 

पर्याप्त पानी नपर्दा यहाँका किसानले धानको बीउसमेत राख्न सकेका छैनन् । पानी नपर्दा कतिपय किसानले त दिपायलस्थित पिपल्लालगायतका क्षेत्रमा गहुँ काटिसकेपछि खेत समेत जोताएका छैनन् ।

डोटीको दिपायलको पानी नपर्दा तथा सिंचाइ सुविधा नहुँदा आफूहरुले धानको बीउसमेत राख्न नसकेको दिपायल पिपल्ला, गैराका किसान टिका कामीले बताउनुभयो । उहाँले भन्नुभयो ‘सबैले असार १५ धान दिवस भन्दै रोपाइँ गर्न थालेका छन्, सिंचाइ सुविधा नहुँँदा आफूहरुले बीउ समेत राख्न पाएका छैनौँ । के धान दिवस मनाउनु ?’ 

केही वर्ष अघिसम्म सिंचाइ सुविधा भए पनि गएको २०७१ सालमा आएको बाढीपैह्रोले सलेनीगाढको कुलो बगाएपछि अहिले यहाँका किसान धानको बीउ राख्नेदेखि लिएर रोपाइँ गर्नसमेत आकाशे पानीको भर पर्न थालेका छन् । निर्वाचनको समयमा विभिन्न नेताहरुले सिंचाइ सुविधा दिने वचन दिए पनि यहाँका किसानको मर्का अहिलेसम्म कसैले पनि नबुझेको स्थानीयबासीको आरोप छ । 

यहाँका किसानहरु रोपाइँ गर्नका लागि आकाशको भरमा निर्भर भएका छन् । ‘जहिले पानी पर्छ अनि बीउ राख्छौँ र धान रोप्छाैँ, स्थानीय किसान रामबहादुर बिकले भन्नुभयो, ‘हाम्रो पीडा कसैले हेरेनन्, भगवानले हेरे खान पाउछौँ नत्र बाँझै हुन्छ जमिन ।’ डोटीमा कुल १० हजार हेक्टरमा धान रोपिन्छ भने भने त्यसको दुई चौथाई मात्रै दिपायल क्षेत्रमा धान रोपिने गरेको जिल्ला कृषि विकास कार्यालय डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ । 
 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया