मातृभाषाको सम्मान हुने गरी नीति बनाउँछौं : मुख्यमन्त्री राउत

 असार १६, २०७५ शनिबार १४:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा बोलिने सबै मातृभाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताउनु भएको छ ।

भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली विषयक गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै भाषालाई सम्मान गर्ने गरी आफूहरुले नीति ल्याउने बताउनुभयो ।

भाषाको अभिव्यक्तिको माध्यम रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सबैलाई सबै भाषाको सम्मान गर्नु पर्ने बताउनुभयो । प्रदेशको अधिकांश नागरिकले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहनेमा कुनै शंका नगर्न उहाँले आग्रह समेत गर्नुभयो ।

‘मातृ भाषाको प्रयोगले नै हामी समृद्ध हुन्छौ’, उहाँले भन्नुभयो, ‘मैथिली र भोजपुरीलगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध छ ।’

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया