दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
जुम्ला – नागरिक अभियन्ता डाक्टर गोविन्द केसीलाई प्रहरीले जुम्लामा पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालय अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै केसीलाई पक्राउ गरेको हो । डाक्टर केसी अनसन बस्न शुक्रबार बेलुका जुम्ला पुगेपछि स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको २ सय मिटर वरिपरि निषेधित क्षेत्र तोकेर अनशन बस्न नपाइने घोषणा गरेको थियो ।
प्रतिष्ठान परिसरमा अनसन बस्न नपाएपछि डाक्टर केसी समर्थकसहित जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो । प्रशासनले कार्यालय अगाडि प्रदर्शन गर्न नपाइने भन्दै उहाँलाई पक्राउ प्रहरीले गरेको हो ।
चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर मेडिकल माफियाकै अनुकुल बनाएर ल्याउन खोजेको, जुम्लालाई मेडिकल हब बनाउनुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीलगायत मेडिकलको उच्च शिक्षाको अध्यापन शुरु गर्नुपर्ने लगायत माग गर्दै डाक्टर केसीले प्रतिष्ठानको परिसरमै अनशन सुरु गर्न शुक्रबार जुम्ला पुग्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।