शिक्षक नहुँदा तीन विद्यालय बन्द हुने अवस्थामा

 बैशाख १३, २०७६ शुक्रबार १८:५०:० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – शिक्षक नभएका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

शिक्षक नहुँदा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेकाे जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेकाे बालकन्य प्रावि र डिकुवाकै बरगाछी प्रावि बलुइ चैतदेखि शिक्षकविहीन बनेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । 

एक मात्र दरबन्दीमा कार्यरत शिक्षकले चैत ३ गतेदेखि अवकाश पाएपछि जालन्धर प्रावि र बालकन्य प्रावि शिक्षकविहीन बनेको हो । यस्तै, कार्यरत शिक्षक सेवा आयोगमार्फत स्थायीमा नाम निकालेर दाम्ली मावि डिकुवामा सरुवा लिएपछि बरगाछी प्रावि शिक्षकविहीन बनेको श्रोत व्यक्ति नयनकुमार राईले बताउनुभयो । शिक्षक नहुँदा विद्यार्थी भर्ना अभियान र पाठ्यापुस्तक वितरणका काम प्रभावित भएको छ । 

जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयले स्थायी शिक्षक पठाए पनि रिक्त दरबन्दीमा शिक्षक नपठाउँदा समस्या उत्पन्न भएको मेयर राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया