संघीय सरकारको मुख ताकेर नबस्नुस् : उपप्रधानमन्त्री पोखरेल

 बैशाख १८, २०७६ बुधबार २०:३२:५८ | शैलेन्द्र महतो
unn.prixa.net

काठमाण्डाै - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संघीय सरकारको मुख ताकेर नबस्न प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।

महोत्तरीको बर्दिबासमा मेडिकल कलेजको कार्यालय उद्घाटन गर्दै उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्दै त्यसअनुसार काम गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।  

‘अब संघीय सरकारको मुख ताक्ने अवस्था छैन । तीन तहको सरकार छ । प्रदेश सरकार र स्थानीय सरकारलाई पनि थुप्रै अधिकार दिएको छ’, उहाँले भन्नुभयो, ‘तपाईँहरु संविधानमा किटान गरेको अधिकार प्रयोग गरी योजना बनाएर विकासको काममा अघि बढ्नुस् ।’

 स्थानीय सरकारले नगर्न सक्ने काम प्रदेश सरकार र प्रदेश सरकारले गर्न नसक्ने काम मात्रै संघीय सरकारले गर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । दुईतिहाई बहुमतको सरकार केही गर्न नसकेको भन्दै आलोचना भइहेको प्रसंगमा उहाँले भन्नुभयो, ‘एकवर्षमा सरकारले थुप्रै नीति, नियम कानुन बनाउने काम गरेर आधार पूरा गरेको छ । अगामी नयाँ आर्थिक वर्षदेखि जनताको औपचारिक कामहरु सुरु गर्छ । तिव्रगतिमा विकासको कामहरु हुन्छ ।’

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार गर्न सरकारले अगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतमा राख्ने उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले देशमा सानसानो कुरामा नअल्झेर देशलाई उज्वल पार्ने दुरगामी योजनाको कुरामा विमर्श हुनपर्ने बताउनुभयो । बर्दिबास मेडिकल कलेज स्थापनाका लागि यस वर्षमै टेन्डरको प्रक्रिया अगाडी बढ्ने जानारी गराउँदै मन्त्री पाखेरलले  ५ वर्ष भित्र कलेज सञ्चालनमा आउने बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया