राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुन नदिने कांग्रेसको चेतावनी

 असार १७, २०७५ आइतबार १५:४७:८ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित हुन नदिने चेतावनी दिएको छ । 

कांग्रेस सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशका प्रावधानलाई कटौती गरेर ल्याउने तयारी गरेको त्यो विधेयक पारित हुन नदिने चेतावनी दिनु भएको हो । 

आइतबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अध्यादेशलाई कटौती गरेर ल्याइएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुन नदिन आजको प्रतिनिधिसभा बैठक स्थगित गराइएको पनि स्पष्ट पार्नु भयो । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमा उल्लेख गरिएको काठमाडौं उपत्यका भित्र १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने लगायतका प्रावधान कटौती गरेर ल्याउन खोजिएको विधेयकलाई सरकारले आजै संसदमा पेश गर्ने कार्यसूची तय गरिएको थियो । 

कांग्रेस सांसद थापाले यो विधेयकले देशको दूरदराजसम्म चिकित्सक पुर्‍याउने लक्ष्यलाई पूरा गर्न नसक्ने भएकाले यसलाई पारित गर्न दिन नसकिने अडान पनि राख्नुभयो । उहाँले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुलाई पनि केही मान्छेहरुलाई पोस्ने गरी ल्याएको विधेयक पारित गराउने खेलमा नलाग्न पनि अपील गर्नुभयो ।

सरकारले राष्ट्रिय चिकित्सा अध्यादेश प्रतिस्थापनका लागि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा ल्याउने तयारी गरेको हो । तर त्यसको प्रावधान काटिएको भन्दै पारित गर्न नदिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अडान छ । कांग्रेस सांसद थापाले दलाल र पूँजीपतिहरुको सेवा गर्नेगरी राखिएको विधेयकको प्रावधान नहटाएसम्म त्यसलाई पारित हुन नदिने चेतावनी दिनुभयो 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया