दुर्गा बाबु संगीत पुरस्कर यो वर्ष पनि रोकायालाई

 असार १७, २०७५ आइतबार १८:४:६ | उज्यालो सहकर्मी

 काठमाडाैंं - सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कर नेपाल एपीएफ स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्र आशिष रोकायालाई प्रदान गरिएको छ ।

गएको बर्ष पनि यो पुरस्कर उनले नै प्राप्त गर्न सफल भएका थिए ।

स्व. पाठकको स्मृतिमा उनका एकै ब्याचका सहकर्मीद्वारा स्थापना गरिएको अक्षयकोषबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक उत्सवको अवसर पारेर नेपाल एपीएफ स्कुलमा संगीततर्फ प्रथम हुने एक जना छात्रछात्रालाइ त्यो पुरस्कार प्रदान गर्दै आएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

यही असार १७ गते सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा आयोजित संघको १७ औं वार्षिक उत्सवको समारोहमा संघको अध्यक्ष श्रीमती सरिता खनालले पुरस्कार प्रदान गर्नु भएको हो ।

सानैदेखि गीत संगीतमा रुची राख्ने स्व. पाठकले पंक्षी र निन्द्रा लाग्दैन गरी २ वटा एल्बम बजारमा ल्याएका थिए । गीत लेख्ने, संगीत दिने र आफै गाउने समेतको प्रतिभा भएका स्व. पाठक संगठनमा समेत अनुशासित र अब्बल अधिकृत का रुपमा चिनिन्थे ।
कर्तव्य पालनाको सिलसिलामा २०७२ साल चैत्र २८ गते धादिङको मलेखुमा सडक दुर्घटनामा परि उनको निधन भएको थियो ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया