सरकारले राष्ट्रिय प्रशारण लाइन गुरुयोजना बनायो

 असार १७, २०७५ आइतबार १८:२०:१५ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले राष्ट्रिय प्रशारण लाइन गुरु योजना तयार पारेको छ । १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य हासिल हुनेगरी पूर्वाधार तयार पार्न सरकारले राष्ट्रिय प्रशारण लाइन गुरुयोजना तयार पारेको हो । 

आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्यलाई मूल आधार बनाएर विद्युत प्रशाण लाइन गुरुयोजना तय गरिएको राष्ट्रिय प्रशारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 

आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच गुरुयोजना सार्वजनिक गर्दै उहाँले  गुरु योजनामा १० वर्षभित्र १५ हजार मेगावाट  विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न आवश्यक पूर्वाधार विकासको योजना उल्लेख गरिएको स्पष्ट पार्नु भयो ।

कम्पनीले तयार पारेको गुरुयोजनामा विद्युत उत्पादनका लागि आवश्यक प्रशारण लाइनको खरिद गर्न तत्काल करिव ६ खर्ब बजेट आवश्यक पर्ने पनि उल्लेख गरिएको छ । 

कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सरकारले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समूदायलाई पनि भित्रयाउन आवश्यक पूर्वाधार विकासमा जोड दिएको स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले पनि नेपालको उर्जा क्षेत्रको विकासमा उल्लेख्य योगदान दिएको पनि स्मरण गराउनु भयो । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा चीनको निजी क्षेत्रले झण्डै ८ सय मेगावाट विद्युत उत्पादनका लागि २ खर्ब लगानी गर्ने समझदारी गरेको थियो । मन्त्री पुनले सरकारले भारत र चीन दुवै मुलुकसँग उर्जा क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढने नीति लिएको पनि स्पष्ट पार्नु भयो ।

चीन र नेपालबीच हिमालय सीमापार विद्युत प्रशारण लाइन विस्तार गर्ने समझदारी पनि गरिएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया