सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो, मुग्लिन – नारायणगढ सडकखण्डमा पहिरो हटाईंदै

 असार १८, २०७५ सोमबार ९:९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पहिरोका कारण अवरुद्ध भएको पाल्पाको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । दुईतर्फी नै बाटो खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । बुटवल – पाल्पा सडकखण्डमा पर्ने तिनाउँ गाउँपालिका ३ को हेडबक्स नजिकै राति पहिरो खसेको हो । रातिदेखि बाटो अबरुद्ध हुँदा स्याङजा, पोखरा, बाग्लुङ, अर्घाखाँची, गुल्मी र पाल्पाका बिभिन्न ठाउँ हुँदै बुटवल ओहोरदोहोर गर्ने यात्रु अलपत्र परेका छन् । 

यस्तै पहिरोका कारण नारायणगढ –मुग्लिन सडकखण्ड बन्द भएको छ । पहिरो खसेपछि बिहान केहीबेर एकतर्फी गाडी सञ्चालन भए पनि अहिले दुईतर्फी नै बाटो बन्द भएको मुग्लिन प्रहरीले जनाएको छ । मुग्लिन – नारायणगढ सडकखण्डको चारकिलो र जलबिरेमा पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया