किन नेपाल फर्किएनन् हरिभक्त कटुवाल ?

 असार १८, २०७५ सोमबार १९:३७:१८ | रासस

काठमाडौं – आसाममा रहँदा मदिराविरोधी कवि तथा गीतकार हरिभक्त कटुवाललाई काठमाडौंले रक्स्याहा बनायो तर उनको आर्थिक अवस्थाप्रति विरलैले ध्यान दिए । 

बिरामी अवस्थामा कसैबाट सहयोग नपाएपछि नेपाल छाडेर हिँड्दा उनलाई बिदाइ गर्ने विरलै थिए । तत्कालीन नेपाल एकेडेमीले समेत आर्थिक सहयोग गर्न बजेट नभएको भनी उनलाई फिर्ता पठाइदियो । 

कटुवालको ८३ औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा नाट्यकर्मी पुरु लम्सालले बनाएको ‘अनि हरिभक्त फर्केनन्’ शीर्षक वृत्तचित्रले त्यही रहस्य खोल्ने प्रयास गरेकोे छ । कटुवालका गीत र कवितामा बेजोड शब्द छन् । ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ बोलको गीत नारायणगोपालले ३६ औँ टेकमा मात्र रेकर्ड गरे ।

उनले नेपालमा साहित्यिक पत्रिकाहरु सम्पादन गर्नाका साथै बहुदलीय व्यवस्थालाई जिताउन सडक कविता क्रान्तिमा पनि भाग लिएका थिए । साथीहरुको सङ्गतबाट मदिरा पिउने कटुवालको असल पक्षभन्दा रक्सी प्रकरणको मात्र ज्यादाले चर्चा गर्ने गरेकामा उनका छोरी र अन्य साथीहरु दुःख मान्छन् । 

कार्यक्रममा आजै जन्मदिन परेकी साहित्यकार माया ठकुरीले आफूलाई कटुवालले नै साहित्यकार बनाएको बताउनुभयो भने रोचक घिमिरेले उनको हराएको रातो डायरी खोज्नुपर्नेमा जोड दिनुभयो । 

वृत्तचित्र निर्माता लम्सालले अर्को वर्षसम्म कटुवालका नाममा प्रतिष्ठान गठन हुने जानकारी दिनुभयो । कार्यक्रमका अवसरमा कटुवाल र ठकुरीका नाममा दुई केक काटिएको थियो ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • डा दुर्गा भँडारी

    July 2, 2018, 7:56 p.m.

    जसले भाेकै रात काटे उसलाई सम्झिन गुलियाे केक !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया