तेह्रथुममा ३८ प्रतिशत रोपाई सकियो

 असार १९, २०७५ मंगलबार ९:१५:५४ | उज्यालो सहकर्मी

तेह्रथुम – यो वर्ष असारको दोस्रो साता वित्दा तेह्रथुममा ३८ प्रतिशत रोपार्इ सकिएको छ । जिल्लाको जम्मा खेतीयोग्य जमीनमध्ये ३८ प्रतिशत जमीनमा रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

पछिल्ला दुई दिनमा निरन्तर भएको वर्षाले अहिले किसानहरुलाई धान रोप्ने चटारो छ ।  धान रोप्ने बेला पानी नपर्दा रोपाई गर्न समस्या भोगिरहेका किसानहरु निरन्तरको वर्षाले खुशी भएका छन् । वर्षाले जिल्लाका किसानलाई हर्षित बनाएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रोहिणीराज घिमिरेले बताउनुभयो ।

असार पहिलो सातमा पर्याप्त पानी नपर्दा असार दोस्रो सातासम्मको अवधिमा ३८ प्रतिशत मात्रै रोपाईँ भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो । तेह्रथुममा कुल ६ हजार ८ सय ६० हेक्टर जमीन मात्रै धान खेतीका लागि योग्य रहेको छ । गएको वर्ष जिल्लामा ९५ प्रतिशत धान रोपाईँ भएको थियो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया