वैदेशिक रोजगारीमा गएकाका परिवारलाई सामाजिक मूल्य सम्बन्धी सचेतनामूलक कार्यक्रम

 जेठ ८, २०७६ बुधबार १५:३२:३८ | उज्यालो सहकर्मी

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिकाले वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारका सदस्यका सचेतनामूलक कार्यक्रम गरेको छ । वैदेशिक रोजगारीका कारण उत्पन्न हुने सामाजिक मूल्यका घटना बढेको भन्दै नगरपालिकाले यसबारे सचेतनामूलक कार्यक्रम गरेको हो । 

नगरपालिकाकी उपप्रमुख शान्तिकुमारी लामाले आफूले कार्यभार सम्हालेको दुई वर्षमा न्यायिक समितिमा पारिवारिक विखण्डन र सामाजिक मूल्य सम्बन्धी घटना बढी आएको बताउनुभयो ।

यस्तै परिवारको सदस्य वैदेशिक रोजगारीमा जाँदा सम्बन्ध बिग्रिने, परिवार टुक्रिने, बालबालिकाको बानी व्यवहारमा परिवर्तन देखिने र गलत बाटोमा लाग्ने गरेको भन्दै उपप्रमुख लामाले यस्ता विषयमा वैदेशिक रोजगारीमा जाने व्यक्ति र उनीहरुका परिवार सचेत हुनुपर्ने बताउनुभयो । 

यस्तै वडा नम्बर १ का वडाध्यक्ष पञ्चलाल स्याङबोले वैदेशिक रोजगारीमा जाने र उनीहरुका परिवारलाई मात्रै नभई यस्ता कुरा गाउँका अरु व्यक्तिले पनि बुझ्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीमा जाने व्यक्तिका परिवारलाई हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा पनि समस्या आइरहेको बताउनुभयो । 

मनोसामाजिक परामर्शकर्ता दुर्गाप्रसाद भटराई र सरिता कुमारी लामाले सहजीकरण गर्नुभएको कार्यक्रममा वैदेशिक रोजगारीका कारण उत्पन्न सामाजिक मूल्य र त्यसको न्युनिकरणका लागि अपनाउन सकिने उपाय बारे जानकारी गराइएको थियो ।

कार्यक्रममा नगरपालिकाको १ देखि १७ नम्बर वडासम्मका वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारका १ सय ५० जनाभन्दा धेरै सहभागी थियो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया