‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाडौं –खराब मौसमका कारण नेपाल–तिब्बत सीमानामा फसेका कैलाश मानसरोवरको यात्रामा निस्किएका एक हजार पाँच सय भन्दा बढी भारतीय तीर्थयात्रीकाे उद्धार कार्य जारी रहेकाे छ ।
भारत सरकारले नेपाल सरकारसँग ती तीर्थयात्रीको उद्धार गर्न सहयोग मागेको छ । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले ट्वीट गर्दै ५२५ र्तीथयात्री सिमिकोटमा, ५५० तीर्थयात्री हिल्सामा र ५०० तीर्थयात्री तिब्बततर्फ फसेको भारतीय विदेशमन्त्री स्वराजले जनाउनु भएको छ ।
Indian pilgrims stranded in Nepal - There are about 525 pilgrims stranded in Simikot, 550 in Hilsa and another 500 in Tibet side. /1 #IndiansStrandedInNepal
— Sushma Swaraj (@SushmaSwaraj) 3 July 2018
Indian Embassy in Nepal has deployed representatives in Nepalganj and Simikot. They are touch with the pilgrims and ensuring that food and lodging facilities are available to all the pilgrims. /2 #IndiansStrandedInNepal
— Sushma Swaraj (@SushmaSwaraj) 3 July 2018
भारतीय विदेश मन्त्रालयले नेपाल सरकारसँग उद्धारका लागि हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेको थियो । अहिले सिमिकोटमा नेपाली सेना, सिम्रिक एयर तथा विभिन्न निजी विमान सेवा कम्पनीका हेलिकप्टरहरु उद्धारका लागि ल्याण्ड भैसकेको भारतीय राजदूतावास काठमाडौंका अधिकारी राजेश झाले उज्यालो अनलाइनलाई बताउनुभयो ।
भारत सरकारले उद्धारमा सजिलो होस् भनेर हटलाइन नम्बरको व्यवस्था गरेको छ । तामिल, तेलुगु, कन्नड तथा मलयालम भाषामा पनि हटलाइनको व्यवस्था गरिएको छ ।
Pl RT
— Sushma Swaraj (@SushmaSwaraj) 3 July 2018
Pranav Ganesh First Secy +977-9851107006
Tashi Khampa +977-98511550077
Tarun Raheja +977 9851107021
Rajesh Jha +977 9818832398
Yogananda +977 9823672371 (Kannada)
Pindi Naresh +977 9808082292 (Telugu)
R Murugan +977 98085006 (Tamil)
Ranjith +977 9808500644 (Malayalam)
चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर हिन्दू, बौद्ध तथा जैन धर्मालम्बीहरुका लागि पवित्र स्थल मानिन्छ । हरेक वर्ष नेपाल तथा भारतका सयौँ यात्रीहरु कैलाश मानसरोवरको यात्रामा निस्कन्छन् ।
काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधि नेपालगञ्ज तथा सिमिकोटमा खटिएका छन् । सबै तीर्थयात्रीसँग आफूहरुको सम्पर्क भएको अधिकारी झाले बताउनुभयो ।
हुम्लाका स्वास्थ्यकर्मीले भारतीय तीर्थयात्रीको स्वास्थ्य जाँच गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।