२५ युवतीमध्ये को बन्ला ‘प्रेम गीत–३’ की नायिका ?

 जेठ १०, २०७६ शुक्रबार २०:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  ‘प्रेम गीत ३’ चलचित्रको नायिका बन्न २५ जना युवती ‘शर्टलिस्ट’मा परेका छन् ।

‘आशुसेन फिल्मस प्रोडक्सन’ले निर्माण गर्ने चलचित्रका लागि ‘गीत’को भूमिकाका लागि खुल्ला प्रतिस्पर्धाबाट नायिका छान्न आवेदन आह्वान गरिएको थियो । जसमा देशभरबाट २ हजार ७ सय १४ जनाले आवेदन हालेका थिए । 

त्यसमध्येबाट उत्कृष्ट २५ जना युवती अडिसनका लागि छनौट गरिएको निर्माता सन्तोष सेनले जानकारी दिए । २५ जनामध्ये उत्कृष्ट एक जना युवतीले नायक प्रदीप खड्कासँग प्रेमगीत ३ मा अभिनय गर्नेछिन् ।

छेतेन गुरुङ र निर्माता सेनले सयुंक्त रुपमा निर्देशन गर्ने यो चलचित्र आउँदो चैत २८ गते रिलिज हुनेछ ।


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया