सरकारले वृद्धभत्ता बढायो, बुढाबुढीले अब मासिक ३ हजार भत्ता पाउने

 जेठ १५, २०७६ बुधबार १६:३९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले वृद्धभत्ता तथा एकल महिला भत्ता बढाएको छ ।

आउँदो वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता बढाएर ३ हजार पुर्‍याएको छ । यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो । १३ लाख १० हजार वृद्धहरुका लागि यस वर्ष सरकारले ३ अर्ब ९३ कराेड रुपैयाँ  सामाजिक सुरक्षाभत्ता विनियाेजन गरेकाे छ । 

साथै सरकारले वृद्धवृद्धाहरुका लागि एक लाखबराबरकाे स्वास्थ्य बीमा नि:शुल्क उपलब्ध गराउने भएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Padma maya thapa

    Oct. 17, 2020, 10:56 a.m.

    नमस्कार ..म अहिले भारतमा छु / कोरोनाको महामारीका कारण घर आउन पाएकी छैन र नेपालमा भत्ता पाउन बैंक खाता खोल्नु पर्छ रे ..त्यसैले मैले कसरी अनलाइन आवेदन गर्न सक्छु ? के अब मैले पाउने बिधवा भत्ता अब पाउँदिन त ...अब मैले के गर्नुपर्ला ? आवेदनको वेवसाइट के हो ? कृपया मलाई सुझाव दिनुहोस ..म लाचार छु ..धन्यवाद !

  •  0 Reply

तपाईको प्रतिक्रिया